मनोरञ्जन

नेपाल आइडलले दिएन बाद्यवादकहरुलाई पारिश्रमिक

नेपाल आइडलले दिएन बाद्यवादकहरुलाई पारिश्रमिक

असार २४ । एपी वान टेलिभिजनमा बिहीबार र शुक्रबार प्रशारण हुँदै आएको सांगीतिक रियालिटी प्रतिस्पर्धा नेपाल आइडलको लोकतप्रियता बढ्दो छ । लोकप्रियतासँगै यस रियालिटी सोका केही विवादहरु पनि सतहमा आएका छन् ।

ती विवाद मध्येको एक हो नेपाल आइडलले वाद्यवादकहरुलाई पारिश्रमिक नदिएको विषय । नेपाल आइडलको सुरुवातका एपिसोडका बाद्यवादकहरुले अहिले काम छाडेका छन् । वरिष्ठ बाद्यवादकहरुले काम छाडेपछि नेपाल आइडलले दोस्रो तहका बाद्यवादकहरु भाडामा लिएर आफ्नो सोहरु निरन्तर गरिरहेको छ ।

पुराना बाद्यवादकहरुले अहिले पारिश्रमिक नपाएको गुनासो सामाजिक सञ्जाल फेसबुकमै गर्न थालेका छन् । नेपाल आइडलमा पियानो बजाउने दिनेश रेग्मीले फेसबुकै यस्तो गुनासो गरे, ‘कुरा नेपाल आइडलकोःः हेर्नुस म्युजिसियन दाजुभाई होः उहाँहरुले दिने बित्तिकै हजुरहरुको पारिश्रमिक खेर जाँदैनः मेरोः धेरै नतताउनु ।’
उनको स्टाटसमा धेरैले कमेन्ट पनि गरेका छन् । कमेन्टको जवाफ दिँदै रेग्मीले नेपाल आइडलले पैसा नदिएको पुष्टि गरेका छन् ।

विशेष