मनोरञ्जन

'कुटमा कुट'को सफलतापछि दुर्इ पैसाको नयाँ गीत 'टल्कियो जवानी' (भिडियोसहित)

'कुटमा कुट'को सफलतापछि दुर्इ पैसाको नयाँ गीत 'टल्कियो जवानी' (भिडियोसहित)

असार - २४ । कुटुमा कुटको सफलतापछि अाउँदै गरेको चलचित्र दुर्इ रूपैयाँको निर्माण पक्षले नयाँ गीत सार्वजनिक गरेको छ । निर्माण पक्षले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो ।

टल्कियो जवानी बोलको क्लव गीतमा कलाकार असिफ शाह, निश्चल बस्नेत र मिस तामाङ २०१२ सुमी मोक्तानलार्इ देख्न सकिने छ । यस गीतमा निश्चल र मीना निरैलाले अवाज दिएका छन् । सो गीतलार्इ रोसन थापाले कम्पोज गरेका हुन् ।

लोकेन्द्र बज्रचार्यले सम्पादन र हरि हुमागार्इंले छायाकन गरेको सो गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । दुर्इ पैसा चलचित्रलार्इ असिम थापाले निर्देशन गरेका हुन् ।

विशेष