मनोरञ्जन

शिल्पालाई पण्डितले नाई भनेपछि....

शिल्पालाई पण्डितले नाई भनेपछि....


असार २५ । हिरोइन शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीच विवाह नहोला भन्ने सन्देह रहेन । किनभने दुवैले विवाहका लागि तम्तयार रहेको बताउँदै आएका छन, खुल्लमखुल्ला । शिल्पा त छविसँगको सम्बन्धका बारेमा बोल्न अझ उत्साही हुन्छिन् ।

आखिर आफैँलाई डेब्यू गराएका निर्माता न परे ! मंगलम् फिल्म त उनीहरूले मिलेर नै बनाएका हुन् । त्यसो भए विवाह कहिले ? शिल्पा मुस्कुराउँदै भन्छिन, “पण्डितले अहिले विवाह नगर्नु भन्नुभएको छ ।” बच्चादेखि मान्ने पण्डित भएकाले कुरा काट्न नसकेको उनको दुखेसो छ ।

केही समय ढिला हुँदा पनि बिग्रने केही होइन तर छविको ढल्कँदो उमेरतिर पनि ख्याल गर्ने हो कि शिल्पाजी ?नेपाल साप्ताहिक

विशेष