इतिहासमा आज

आज गुरु पुर्णिमा

आज गुरु पुर्णिमा

आज गुरु पुर्णिमा,विद्यार्थीहरुले आफुलाई विद्या दान गर्ने गुरुहरुलाई पुजा सम्मान गरी मुलुकभर आचार्य दिवसका रुपमा गुरुपुर्णिमा पर्व मनाईदैछ ।

गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः
गुरुरेव परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥

हिन्दु संस्कारमा अज्ञानतारुपी अन्धकार हटाई प्रकाशतर्फ डोर्याउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र परब्रहम भनी उच्च सम्मान गरिँदै आएको छ ।

प्राचीनकालमा गुरुकुलमा शिक्षा प्राप्त गरी घर फर्कन लागेका विद्यार्थीलाई आमाबाबु, गुरु र अतिथीलाई देवता भनी दिने गरेको शिक्षाले गुरुलाई आमा र बाबुलगत्तै उच्च सम्मान दिने गरिएको पाईन्छ ।

विशेष