मनोरञ्जन

कट्रिनाले ऐश्वर्यालाई स्याल भनेपछि...

कट्रिनाले ऐश्वर्यालाई स्याल भनेपछि...

असार २५ । पछिल्लो समय बलिउडका दुई नायिकाहरुको स्थिती पानी बाराबारको रहेको छ ।

ती नायिकाहरु हुन् कट्रिना कैफ र ऐश्वर्या राय बच्चन ।   कटरिना कैफको नयाँ चलचित्र ‘जग्गा जासुस’ रिलिजको तयारीमा रहेको छ । रणवीर कपुर सँगको ब्रेकअप पछी यी दुईको चलचित्र एकसाथ रिलिज हुन लागेको हो । दुवै जना चलचित्रको प्रचास प्रसारमा निकै होमिएका छन् ।

चलचित्रको प्रचार–प्रसारको समयमा कलाकारहरु अरुको आलोचना गर्न पनि मन पराउँछन् । यसैक्रममा कट्रिनाले ऐश्वर्य रायलाई स्याल भनेकी छिन् । रणवीर र कटरिना चलचित्रको प्रमोशानको लागि फेसबुक लाईभमा रहेका थिए । लाईभमा उनीहरु एक गेम खेलिरहेका थिए । गेममा रणविरले जनावारको नाम लिदै कटरिनालाई सेलिव्रेटीको नाम जोड्न आग्रह गरेका थिए ।

खेलकै क्रममा रणवीरले स्यालको नाम लिंदा कटरिनाले ऐश्वर्य राय बच्चन भनेकी थिइन् ।

विशेष