समाज भिडियो अन्तरवार्ता

यो हो तेस्रो लिंगी महिलाको नाममा पहिलो पटक नागरिकता लिने मोनिकाको जीवन कथा (भिडियोसहित)

यो हो तेस्रो लिंगी महिलाको नाममा पहिलो पटक नागरिकता लिने मोनिकाको जीवन कथा (भिडियोसहित)

केही समयअघिमात्र विश्वकै शक्तिशाली मानिने देश अमेरिकामा ‘सेम सेक्स म्यारिज’ अथवा समलिंगी विवाहको कानुन बन्यो । यसले विश्वमै तहल्का मच्चायो । साथै अन्य देशमा नागरिकतासम्म बनाउन नपाएका समलिंगीहरुलाई हक अधिकारको लागि लड्न पनि साहस दिने काम गर्‍यो ।

नेपालमा हालसम्म समलिंगी विवाहको कानुन बनिसकको त छैन । तर दक्षिण एसियामै पहिलो समलिंगी विवाह भने भयो । कानुन तिनैबाट बन्यो जसले समलिंगी विवाह गरे । कानुन नै नबनेको देशमा समलिंगी विवाह गर्ने तीनै भाग्यमानी तेस्रोलिंगी महिला हुन् मोनिका शाही । जसले नेपालमा पहिलो पटक नागरिकता पाइन्, राहदानी बनाइन् र विवाह पनि गरिन् ।

कानुन नै नबनेको देशमा कसरी भयो समलिंगी विवाह दर्ता ? मोनिका शाही र रमेशनाथ योगीलाई धेरैले गर्ने प्रश्न हो यो । डडेल्धुराको परशुराम नगरपालिका वडा नं १२ मा प्रमाणसहित विवाह दर्ता भएपछि मोनिकालाई विदेशी मिडियाहरुको फोनको ओइरो लाग्यो । अन्तर्राष्ट्रिय जगतका ठूला सञ्चार माध्यममा उनको समाचार प्रकाशित हुँदा नेपालका ए ग्रेडका मिडियाहरुलाई भने यो खबरको हेक्कासम्म पनि भएन ।

मोनिकाका अनुसार यो लडाइ उनकोमात्र लडाइ थिएन । समग्र तेस्रोलिंगीको लडाइ थियो । यसलाई समाजमा छर्लंग पार्न उनले पत्रकार सम्मेलन पनि गरिन् । तर उनले जहाँ पत्रकार सम्मेलन गरेकी थिइन्, त्यही ठाउँमा नै उनलाई समलिंगी भएकै कारण हेपियो । रिपोटर््स क्लबका अध्यक्ष ऋषि धमलाले त उनलाई लखेट्नसम्म खोजे । त्यसैले उनी भन्छिन्, ‘ऋषि धमला मान्छे खत्तम हुन् भनेर सुनेकीमात्र थिएँ तर साच्ँचै नै हो रहेछन् ।’

पत्रकार सम्मेलनमा धेरै सञ्चारमाध्यममा संलग्न पत्रकारहरुको उपस्थिती रहेको थियो । तर, उनले बोलेका कुरा रेकर्ड गरेर पनि जनतासामु नल्याइदिँदा भने उनको चित्त दुखेकै रहेछ । गुनासो पोख्दै उनले भनिन्, ‘धेरैले मलाई चर्चा कमाउनका लागि यसरी मिडियामा आएको आरोप पनि लगाए । तर, म चर्चाको भोगी होइन । जब की म त पहिलो नागरिकता र पासपोर्ट पाउने पहिलो समलिंगी महिला हुँ । म त्यतिबेला नै हिट भइसकेकी हुँ । मेरो एउटै इच्छाले मिडियामा आएकी हुँ की मजस्तै समलिंगीहरुले आफ्नो हक अधिकार पाउनुपर्‍यो ।’

रमेशनाथ योगी विवाहित पुरुष हुन् । उनका दुई छोरा छोरी पनि छन् । मलेसियाबाट फर्कने क्रममा पहिलो पटक उनले मोनिकालाई एयरपोर्टमा भेटेका थिए । त्यही बेलामा दुईले एक अर्कालाइ मन पराए । सामान्य भेटघाटबाट फोन नम्बर साटिएपछि दिनहुँजस्तो सम्पर्क बढ्न थाल्यो । त्यहीँबाट माया झाँगिदै गएपछि विवाह गर्ने निष्कर्षमा पुगे । तर, यो कदम उठाउनु कम चुनौतीपूर्ण थिएन । कानुनसँग भन्दा पनि परिवार र समाजसँग लड्नुपरेको लडाइ बढी चुनौतीपूर्ण भएको उनीहरुले बताए । पारिवारिक स्वीकृति जसोतसो पाइसकेपछि उनीहरु कानूनी रुपमा अघि बढे । रमेशनाथको गृहजिल्लामा गएर मोनिकाले नगरप्रमुखसँग कुरा राखिन् । कुरा चलाएसँगै नगरप्रमुखले विवाह दर्ता गराउन कुनै हिच्किचाहट नमानेको मोनिकाले बताइन् ।

के फरक छ समलिंगी महिला र महिलामा ?

मानव जाति भइसकेपछि शारीरिक सम्बन्धबाट कोही पनि अलग रहन सक्दैनन् । त्यसैगरि तेस्रोलिंगी पनि मानव नै हुन् । उनीहरुको पनि शारीरिक सम्भोगको चाहना हुन्छ । यो सबै एउटा समलिंगी महिला र पुरुषमा सम्भव छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘समलिंगी महिला र महिलामा के फरक हुन्छ भन्दा, उनीहरुको पाठेघर हुन्छ हाम्रो हुँदैन । अन्य शारीरिक सन्तुष्टि हामीले पनि दिन सक्छौँ । आफ्नै पेटबाट बच्चा जन्माउने ठूलो रहर छ । त्यसैले थाइल्याण्डमा गएर पाठेघर हाल्ने कुरा पनि भएको छ ।’

 

monika shahi third gender marriage rameshnath yogi

विशेष