मनोरञ्जन

‘कमिटमेन्ट’ को लागि निखिलको ज्यान बनाउने दौडधुप

‘कमिटमेन्ट’ को लागि निखिलको ज्यान बनाउने दौडधुप

काठमाडौं । एक्सन अभिनेता निखिल उप्रेतीले आफ्नो आउँदै गरेको नयाँ फिल्म ‘कमिटमेन्टः सिक्स्टी आवर्स’ का लागि ज्यान बनाउने तयारीमा जुटेका छन् । फिल्मको मुख्य भूमिकामा रहेका निखिलले उक्त फिल्ममा एक्सनलाई नै विशेष प्राथामिकता दिएका छन् ।

हाल उक्त फिल्मकै लागि ज्यान बनाउने काममा दुःख गरिरहेका निखिलले यतिबेला आफ्नो ज्यान बनाउन जिममा कडा व्यायाम गरिरहेको तश्विर समाजिक सञ्जालमा भाइरल बनेको छ ।

फिल्ममा निखिलसँगै बलिउडका चर्चित कलाकार रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका रहेको छ । यस्तैगरि फिल्ममा निखिलको अपोजिटमा सञ्चिता लइँटेलकी बहिनी सिवानी लुइँटेल देखिदैँ छिन् ।

फिल्मको कथा भारतको मुम्बईबाट कसैलाई उद्वार गरेर नेपाल ल्याउन कसैले दिएको ६० घण्टाको कमिटमेन्टमा आधारित रहेको छ । फिल्ममा ३० प्रतिशतमा नेपाली भाषा हुने र अन्य ७० प्रतिशत भारतीय भाषा हुने बताइएको छ ।

विशेष