विचार

पार्टी ठुलो कि देश ? बाद ठुलो कि संस्कार ? सिद्धान्त ठुलो कि विकास ?

पार्टी ठुलो कि देश ? बाद ठुलो कि संस्कार ?  सिद्धान्त ठुलो कि विकास ?

ई. सागर ढकाल /काठमाडौं । मैले पार्टी र सिधान्तलाई ५० पटक पनि परित्याग गर्न सक्छु तर देश १ पटक पनि परित्याग गर्न सक्दिन । मेरो लागि मेरो देश नेपाल ९९.९ प्रतिशत हो तर पार्टी ०.१ प्रतिशत मात्र । देश विकासको कसैले ग्यारेन्टी लिन्छ भने म मेरो बर्षौ देखिको पार्टी र सिधान्तको आबद्धता आज नै पूर्ण परित्याग गर्न तयार छु । म मेरो देशको सेवक हु तर देशलाई हानी पुर्याउने पार्टीहरुको जरै देखि पत्ता साफ बनाउने इमान्दार नेपाली हुँ भनेर कति जनाले भन्न सक्नुहुन्छ ? विवेकशील र साझाको एकता भयो , भन्नै परेन । खुशी छु , तर कति मात्रामा भन्ने कुरा हो । म आजको दिन मात्र १ प्रतिशत खुशी छु । किनकि यो एकताले इतिहास रचेको छ तर गर्नु पर्ने काम यती धेरै छ कि यो खुशीको भविष्यका खुशीसंग तुलना गर्दा जम्मा १ प्रतिशत हुन आयो ।

ए पशुपतिनाथ ! तिमीले साच्चै मेरो देश नेपाललाई माया गर्छौ भने यो वर्ष अबको ५० वर्ष पछिको पुस्ताले पनि सम्झिने गरि इतिहास रचेको दिन बनाईदेउ । अब हाम्रो प्रमुख टार्गेट भनेको केन्द्रीय संसदमा ७० प्रतिशत बहुमत हो , मेरो बिचारमा ७० प्रतिशत आउँछ नै तर म्यानमारकी आङ सांग सुकी जस्तो ८० प्रतिशत बहुमत पनि आउन सक्ने थुप्रो आधार देखेको छु । उनको र हाम्रो स्थिती उस्तै छ , उनले ६० बर्षे सैनिक शासन विरुद्ध जितिन हामीले ६० बर्षे लामो संस्कृति, संस्कृत र पहिचान नै सिध्याउने राणा शासनको ( कांग्रेस एमाले माओवादीको) बिरुद्ध जित्छौ ।

मैले कसरी यी पुराना पार्टीलाई सम्मान गरौ भन्नुस न बिन्ति ? ल भन्नुस त हाम्रो ६० वर्षको सबैभन्दा ठुलो उपलब्धि गणतन्त्र कसले लिएर आयो ? मलाई कांग्रेस एमाले र माओवादीको यो ६० बर्षे राजनीतिको एउटा मात्र अति महत्वपुर्ण औचित्वो भन्दिनुस न । बिनम्र आग्रह गरे । गणतन्त्र कसले लिएर आयो ? माओवादी जंगल पस्दा , राजा बिरेन्द्र थिए । राजा बिरेन्द्र बाचिराख्दा माओवादीले झुक्किएर पनि सोचेको थियो गणतन्त्र आउँछ भनेर ? प्रमुख नेता ज्युहरु जवाफ दिनुस । राजा बिरेन्द्रको सत्यनास नभएको भए तपाइलाई लाग्छ , जनता यसरी उर्लिन्थे र पापले भरिएको तत्कालिन राजतन्त्र हटाउँथे ? ख्याल होस् , गणतन्त्र आएको कुनै सँस्कृत मास्ने, ब्राह्मण, राई, लिम्बु, किरात लगायतका जातिको पहिचान नै सिध्याउने, गुडिया जस्ता कांग्रेस एमाले र माओवादीले होइन बरु राजा बिरेन्द्रप्रतिको नेपाली जनताको प्रगाड मायाले हो । राजतन्त्र फिर्ता आउँछ ढुक्क हुनुस तर साहि राजतन्त्र चाँही हुदै होइन, यो पूर्ण रुपमा नाश भैसक्यो । पहिले विकास अनि माया, शान्ति र एकताको लागि बेलायतमा जस्तो राजतन्त्र ल्याइनेछ, तर ५० वर्ष पछि मात्र , जुन बेला हामीलाई विकास भन्दा शान्ति, सुख र माया प्रमुख कुरा हुन्छन । मैले भनेको छु ५० वर्ष पछि मात्र । अबको ५० वर्षको हाम्रो मुख्य धेय विकास मात्र हो, देशको जीडिपी कम्तिमा १००० बिलियन डलर पुर्याउने मात्र हो अरु केहि होइन ।

किराँत त नस्ट नै भैसक्यो , अब पनि एस्तै हो भने ब्राह्मण भन्ने जाति पनि नस्ट भएरै जाने छ । अहिले ब्राह्मणले त टुप्पी पाल्नु , जाँड रक्सी नखानु , बेद( हनुमानचालिस(रुद्री –चण्डी पढ्नु भनेको पाखण्ड र लाजको विषय भैसक्यो । यो तपाई हाम्रो थोरै मात्रमा पनि गल्ति होइन विगत ६० वर्ष देखिको हाम्रा ५या १० नेताहरु मात्र हुन् अरु कोहि पनि होइन । होइन भने हाम्रो छिमेकि गुजरात हेर्नुस, जाँड रक्सि र नशाका बस्तुको गन्ध पनि पूर्ण कडा प्रतिबन्ध गरिएको छ र विकास पनि युरोपको भन्दा केहि काम छैन । तर हाम्रो देशमा नेताले नै यस्ता नशाका वस्तुको पूर्ण समर्थन मात्र होइन दिनहँु नभई नहुने वस्तु भैसकेको छ । अहिलेका कुन ब्राह्मणका नेताले आफ्नो पहिचान जोगाएका छन् ? कोहि १ या २ जना त भन्नुस ? हो एस्तै ब्राह्मण जाति नाश भए जस्तै गएर हाम्रो सम्पूर्ण ४ जात ३६ बर्ण मिलेर बसेका जातजति बिच भाड भैलो मचाएर एस्तै गरेर एक एक गरेर सब जात जति नाश हुनेछन, अब आजको दिनबाट पनि हामी सचेत भएनौ भने , आउनुहोस् अब विकास संगै सबै जात जातिले आ आफ्नो पहिचान पनि जोगाऊ , पहिले जस्तै ४ जात ३६ बर्ण मिलेर मिलेर बसौ । नेपालको र काठमाडौँको स्वर्ण युग फिर्ता लिएर आउ ।

अबको ५० बर्सपछि, जुन बेला हामीलाई ५ या १० वर्षमा फेरिराख्ने देशका अति उत्कृस्ट सफल प्रधानमन्त्री संगसगै आफ्नो छोरा छोरि जस्तै सबै नेपाली जनतालाई सधैभरि माया गर्ने राजा जनकको खाँचो पर्छ, त्यो बेला बल्ल राजतन्त्र आउछ । अहिले भन्न खोजेको पटक्कै होइन , यो मुद्धा नै नउठाउँदा नै रम्रो होला अबको ५० वर्षलाई । यो भनिराख्दा विस्वकै अति बैज्ञानिक जीवन जिउन सिकाउने भागवत गीता सम्झिन आग्रह गरे । राजतन्त्र हटाउनु ठुलो उपलब्धि लाग्छ तपाइलाई ? बेलायत , थाइल्याण्ड , लगायत कैयाँै मुलुकमा राजतन्त्र अझै छ । ६० बर्षे आन्दोलन एक झट्कामा गर्न सकिन्थेन , अरु देशमा जस्तो । दुरदर्शी नेता खोइ ? ५ या १० वर्ष भन्दा अगाडी र सत्ता पछाडी कहिले सोच्न सके हाम्रा कोहि नेताले ?

तपाइ भन्नुहोला तिमी जे बोलिरहेको छौ स्वतन्त्र छौ , त्यो कांग्रेस एमाले र माओवादीको देन हो । हावा गफ गरेर हुन्छ ? प्रजातान्त्रीक मुलुक अमेरिका हेर्नुस र कम्युनिस्ट मुलुक चिन हेर्नुस, तिनीहरुलाई के चाहिएको रैछ ? बाद कि विकास ? साउथ एशियामा कुन चार्हीँ एउटा मुलुक छ जहाँ स्वतन्त्रता छैन ? बरु मलाई चिनमा जस्तै फेसबुक नै ब्याण्ड गर्ने सरकारको खाचो छ , स्वतन्त्रताको नाममा यो गरिबी भन्दा । कुन ठाउँमा कुन जाति र महिला पुगे भन्दा पनि मलाई मेरो पहिलो अधिकार पेट पाल्ने अधिकार पुरा भएको हेर्नु रहर छ । पेट पलिसकेपछि , बिकसित भै सकेपछि, बिहान साझा खान लगाउन पुगेपछि मात्र दिमागले अनेक अधिकारका कुरा सोच्न सकिन्छ । मलाई भोकै राखेर समानुपतिक र जातियताका कुरा नगरियोस आइन्दा । भागवत गीतामा कहाँ तल्लो जातिले छोएको खानु हुदैन भनेर लेखेको छ ? भागवत गीतामा कहाँ महिला बाहिर सरेको बेलामा पुजा गर्नु हँुदैन भनेर लेखेको छ ? भागवत गीतामा कहाँ अरु धर्मलाई सम्मान नगर भनेको छ ? अरु जात संग बिहे गर्यो भने जात खस्छ , ब्राह्मण भईदैन भनेर कहाँ लेखेको छ, एक ठाउँ त देखाउनुस ?

ख्याल होस् ब्राह्मण भनेको दैनिक जीवनको कडा अनुसासन हो रगत होइन र जो काही ब्राह्मण हुनसक्छ येदी कडा अनुसनमा बस्छ भने । भागवत गीता त्यसै भन्छ त मैले के गरुँ ? ३ करोड नेपाली जनतामा कोहि एकजना मात्र पनि छ जसले भागवत गीतामाथि प्रश्न उठाउँन सक्छ ? भागवत गीता पढ्ने सबै हिन्दु हुनुपर्छ भनेर कहाँ लेखेको छ ? भागवत गीताले सबैको धर्म सनातन धर्म भनेको छ ? विश्वकै दुर्लब हामीले हेपेको पुस्तक हो भागवत गीता । अब कुनै मार्क्सबाद, लेलिनबाद र समाजबाद पढ्ने होइन खुरु खुरु हाम्रो देशमै उत्पति भएको हाम्रै भागवत गीता पढ्ने हो, अनुसरण गर्ने हो, यही हो हाम्रो मार्गदर्शन ।

अब विवेकशील साझा पार्टी एकदम सचेत हुनुपर्छ , आङ सांग सुकी जस्तो ८० प्रतिशत बहुमत हाम्रो लागि हाम्रो फुल टार्गेटको ५५ प्रतिशत काम हुनुपर्छ । हाम्रो मुख्य धेय बहुमत होइन , हाम्रो व्यक्तिगत शरिर, चाहना, इच्छा मारेर भए पनि विकास मात्र हो । कम्तिमा हजार अर्ब डलर जीडिपी हो । ए भगवान आङ सांग सुकी जस्तो पनि नाबनाईदेउ हामीलाई बहुमत पाएर विकासको ग्यारेन्टी गर्न नसक्ने । सुरुको १ महिना त बहुमतले सबै खुशी हुन्छन तर पछिसम्म कामले खुशी बनाउन सकिन्छ कि सकिदैन भन्ने कुरा हो । हामीलाई बहुमत पाउनु भन्दा पनि काम गरेर देखाउन सकिदैँन कि भन्ने एकदमै भित्रबाट डर छ । ए पशुपतिनाथ प्रचण्ड जस्तो पनि नबनाई देउ, पहिलो पार्टी भए भन्दैमा १० वर्षको बच्चा बच्ची जस्तो फुर्केर बस्न खान नहुने ।

दोस्रो संविधान सभाको चुनाबमा देख्नु भएको थियो नि प्रचण्डको फुर्काइ र घमण्ड । सायद प्रचण्डलाई जंगल पस्दा कहिले झुक्किएर पनि प्रधानमन्त्री हुने सपना देखेकै थिएनन् त्यही भएर उनलाई प्रधानमन्त्री पद एउटा बिकासको लागि भन्दा घमण्ड र फुर्काइको लागि भयो, बादँरको हातमा नरिवल जस्तो भयो, अनि देश झन् चरम गरिबीमा गाँजियो । ए भगवान, ए पशुपतिनाथ हामीलाई बहुमत , पहिलो पार्टी , प्रधानमन्त्री, मन्त्री , इज्जत प्रतिष्ठा केहि चाहिएको होइन मात्र चरम विकास र चरम सान्ति चाहिएको हो ।
साझा विवेकशील पार्टीले पूर्ण ६० बर्षे राणा शासनको अन्त्य गर्दै पूर्ण बहुमत ल्याउँछ तर ल्याउने बितीकै हौसिने खुशी हुने होइन । बहुमतको खुसियाली कुनै अबिर दलेर होइन हाम्रो ६० बर्षे दर्दनाक इतिहास सम्झेर आसु बगाएर गर्नुपर्छ । बहुमत आएको २ घण्टा भित्र सबै सरकारी कार्यालय खोलेर सबैले आ आफ्नो घरबाट झाडु पोचा लिएर सफा गर्नु पर्छ । सरकारी कार्यालय आ आफ्नो घर भन्दा पनि सफा राख्नुपर्छ । तपाइको घर फोहोर भए तपाइलाई मात्र असर गर्छ तर सरकारी कार्यालय फोहोर भए तपाइको पुरै सन्तति र समाजलाई ।

तसर्थ सरकारलाई र सरकारी कार्यालयलाई आफुलाई भन्दा पनि बडी माया गर्नुपर्छ । बहुमतको खुसियाली पनि गरिब नेपाली जनतालाई कामले दिन सक्नुपर्छ , कुनै अबिर र मिठाईले होइन । बहुमत आयो भने खुशी हुने, फुर्किने होइन झन् बडी जिम्मेवार हुने हो । अर्काको देशमा हामीले आफैँ धपाएका गरिब युवाहरुको आसु पिएर मनाउने हो खुशीयाली । उनीहरुको बगिरहेको आसु, रगत, पसिना र परिवार बिछोडको पिडा हेरेर अब केहि गर्छौ भनेर रात दिन डटेर काम गर्ने हो । अबिर जति लगाउनु पर्ने थियो लगाइयो, लड्डु जति खानु पर्ने थियो ६० बर्सदेखि प्रत्येक निर्वाचनमा खायियो , अब यस्तो खुसियाली नमनाउ , यो घातक हुदो रैहेछ । बिन्ति हाम्रो बहुमतको खुसियाली अभिर र लड्डुले नभई सरकारी कार्यालयमा सबैले पोचा लगाएर मनाउ । अबको १० वर्ष कम्तिमा हजार खर्ब डलर जीडिपी नभएसम्म कुनै पनि विवेकशील(साझाका नेताले कुनै खुशीयाली नमनाउने , अबिर नलगाउने प्रण गरौँ । मुटु र दिमाग गरिब नेपाली जनता र भागवत गितामा राखेर सबैले बिकासका गफ होइन, विकासका काम नै गरौँ ।

बिन्ति अब पनि नेपाली जनताको आँखामा आशु नआओस । हरेक निर्णय र पद लिनु भन्दा पहिले गरिब नेपाली जनताको आखाँमा हेर्नुपर्छ । पशुपतिनाथ गएर शिबजीको मुर्तिलाई पुजा गर्ने दोस्रो प्राथमिक हुनुपर्छ किनकी हामी माझ अहिले ज्युँदा शिबजी छन् — डा. गोबिन्द केसी । उनको खुट्टा ढोगेर पुजा गर्ने हो । भगवान तपाई हामी भित्रै हुन्छन, शिव जी तपाई हामी भित्रै हुन्छन खोज्न सक्नु पर्छ ।

जोडिनु ठुलो कुरो होइन, ६० बर्षे इतिहासमा अनेक पार्टी जोडिए , फुटे र लुटे । ख्याल होस् जोडिनु ठुलो कुरो होइन र पूर्ण बहुमत पनि ठुलो कुरो होइन, ठुलो कुरो मात्र काम र विकास हो , सबलाई चेतना भया । सबैलाई ख्याल होस् , बहुमत आउनु , पहिलो पार्टी हुनु कुनै महत्वपूर्ण छलांग होइन भन्ने हाम्रो इतिहासले देखाएको छ । अब हाम्रो इतिहास दोहोरिन दिनु हुँदैन । अब इतिहासबाट पाठ सिकुन विवेकशील साझाले । गरिब र इमान्दार नेपाली जनताको भावना र आसामाथि फेरी पनि पुराना भ्रस्ट नेताले आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रहार नगरियोस , नलत्यईयोस । एकताको लागि शुभकामना ! देश कायापलट होस् हाम्रै पालामा । म पूर्ण तयार छु कायापलट गर्न आफ्नो तर्फबाट तपाई नि ?

सागर अक्सफोर्ड विस्वविद्यालयका स्नातकोत्तरका विद्यार्थी हुन् । 

sagar dhakal

विशेष