स्वास्थ्य

डा. केसीको अनशन तत्काल तोडाउन समितिको निर्देशन

डा. केसीको अनशन तत्काल तोडाउन समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिले डा. गोविन्द केसीको अनशन तोडाउन तत्काल पहलकदमी लिन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरवारमा आज बसेको समितिको बैठकले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ तथा अन्य सरोकारवालालाई बोलाएर यस्तो निर्देशन दिएको हो ।

बैठकमा शिक्षा सचिव शान्तराज श्रेष्ठले डा.केसीको माग सम्बोधनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन गरेर काम सुरू गरेको जानकारी दिदै यसमा सरकार गम्भिर रहेको बताए । माथेमा प्रतिवेदनको भावना अनुरूप नै काम अघि बढाइ सकिएको भन्दै उनले आफ्नो जीवनको ख्याल राखी अनशन तोड्न केसीलाई आग्रह समेत गरे ।

समिति सभापति सुशील श्रेष्ठले डा केसीका माग सम्बोधनमा समयमै ध्यान दिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

विशेष