खेल

फिफा विश्व वरियतामा नेपाल एक स्थान माथि उक्लियो

फिफा विश्व वरियतामा नेपाल एक स्थान माथि उक्लियो


काठमाडौं । फिफाको विश्व वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

आज फिफाले सार्वजनिक गरेको वरियताअनुसार नेपाल १६९औं स्थानमा रहेको छ ।  यसअघि नेपाल १७०औं स्थानमा थियो । त्यस्तै विश्व वरियतामा ब्राजिल पहिलो र जर्मनी दोस्रो स्थानमा छ ।

सार्क मुलुकहरुमा भारत सबैभन्दा माथि अर्थात् ९७ औं स्थानमा छ । त्यस्तै माल्दिभ्स १४२, अफगानिस्तान १५६, भुटान १६५, बंगलादेश १८९, श्रीलंका १९७ र पाकिस्तान २०० औं स्थानमा छ ।

विशेष