समाज

राष्ट्रपतिको गुनासो, बालविवाह रोक्ने कानुन प्रभावकारी भएन

राष्ट्रपतिको गुनासो, बालविवाह रोक्ने कानुन प्रभावकारी भएन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालविवाह अन्त्य गराउन सरकारी कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गरेकी छन् ।

वर्ल्ड भिजन इन्टरनेसनल र सामुदायिक रेडियो प्रसारक संघले बिहीबार राजधानीमा संयुक्तरुपमा गरेको कार्यक्रममा उनले बाललविवाह रणनीति २०७२ सुरु भइसक्दा पनि बालविवाह उल्लेखरुपमा अन्त्य नभएको गुनासो गरेकी हुन् ।

बालविवाहकै कारण बालिकाहरुले शारीरिक र मानसिक समस्या भोग्नुपरेको भन्दै उनले आर्थिक र सामाजिक विकासमा बालविवाह बाधक रहेको चेतना जगाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला खनालले बालविवाह रोक्न आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।

यस्तै, कानुनमन्त्री यज्ञबहादुर थापाले बालविवाह रोक्न बलियो कानुन बनाउन आफू प्रतिवद्ध रहेको बताए । २० वर्ष नपुगी हुने विवाह स्वतः खारेज हुने र बालविवाह गराउनेलाई तीन वर्षको सजाय र ३० हजार रुपैयाँसम्मको जरिवाना हुने कानुन ल्याउने उनीहरुको भनाइ थियो ।

विशेष