खेल

व्वाइज क्लब पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

व्वाइज क्लब पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । काठमाडौंको चर्च व्वाइज क्लव ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङ सदरमुकामको भानु जनमाविको मैदानमा भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा व्वाइजले राष्ट्रिय जागृती क्लवलाई २–१ गोल अन्तरले हराएको हो ।  वर्षाले प्रभावित खेलको नियमित ९० मिनेटमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा पुगेको खेलमा चर्च व्वाइजका राज पौडेलले टिमको गोल गरे ।

शुक्रबार प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा सगरमाथा युवा क्लव विराटचौक मोरङ र फिदिम स्र्पाेटिङ क्लव पाँचथरबीच खेल हुनेछ ।

विशेष