मनोरञ्जन

यस्तो छ सुनिल शेट्टिको एक्सरसाइजको रुटिन

यस्तो छ सुनिल शेट्टिको एक्सरसाइजको रुटिन


एजेन्सी । ५५ वर्षको उमेरमा पनि बलिउड अभिनेता सुनिल शेट्टि शारीरिक रुपमा तन्दुरुस्त र फिट देखिन्छन् । एक अन्तर्वार्तामा बोल्दै सुनिलले आफ्नो एक्सर्साइज रुटिनबारे जानकारी दिएका छन् ।

विहानै ५ बजे उठेपछि उनी दुई घण्टासम्म अलग अगल एक्सरसाइज गर्छन् । उनी भन्छन्, ‘म पहिला एक घण्टा योगा र प्राणायाम गर्छु । त्यसपछि ४५ मिनेट जति जिम वर्कआउट गर्छु ।’

आफूले गर्ने गरेको एक्ससाइजबारे खुलस्त बनाउँदै उनले भने, ‘जब म जवान थिएँ त्यतिबेला रियल हेभी लिफ्टिङ, वेट र कठिन वर्कआउट गर्थे । अहिले पनि त्यति नै कठिन वर्कआउट गर्ने गरेको छु ।’

सुनिल प्लान गरेर एक्सरसाइज गर्ने गरेका छन् । यसबारे खुलाउँदै उनले भने, ‘यदि मैले सुरुवातमा हेभी वेटसँग १० रेप्स लिए भने २० रेप्स हलुका वेटको साथ लगाउँछु । मसल्स ग्रुपको लागि मेरो फोकस अलग अलग एक्सरसाइजको तीन या चार सेट लगाउनेमा हुन्छ । ’

धेरै मानिसहरुले मसल्स बढाउनका लागि धेरै भन्दा धेरै तौल उठाउनु पर्छ भन्ने सोच गलत भएको भन्दै उनले भने, ‘मसल्स बढ्ने कुरा मानिसले गर्ने रिपिटेशनमा भर पर्छ । असली वर्कआउट २० वें रिप पछि हुन्छ ।’

विशेष