मुख्य समाचार

पहिरोमा परि एक जनाको मृत्यु पाँच बेपत्ता

पहिरोमा परि एक जनाको मृत्यु पाँच बेपत्ता


पाँचथर । फालेलुङ गाउँपालिका–२ चुक्पादिनमा आएको पहिरोमा पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरिएको छ ।

मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक रहेका छन् । घरमाथिबाट आएको पहिरोले पुरेर उनको मृत्यु हुनुका साथै उनको घर पनि बगाएको प्रहरीले जनाएको छ । सोही स्थानका घाँस काट्न गएका दुई व्यक्ति पनि अहिलेसम्म सम्पर्कविहीन रहेको बताइएको छ ।

सोही स्थानका कमल जबेगुको घर र खेत तथा निलु बानियाँको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताए ।  यसैगरी फालेलुङ गाउँपालिका–३ ताङ्लेपास्थित नेवा खोलामाथी आज बिहान आएको पहिरोमा परी तीनजना बेपत्ता बनाएका छन् । बेपत्ता हुनेहरुमा स्थानीयवासी विष्णु राई उनकी छोरी सुस्मिता र नातिनी रहेको स्थानीय दीपेन्द्र चौहानले बताए ।

आफ्नै घरमाथिबाट झरेको पहिरोले विद्युत् गृह कुर्न बसेका उनीहरुलाई बगाएर बेपत्ता बनाएपछि अहिले जोरपोखरी प्रहरी चौकी र भैरवी दल गणको टोली र स्थानीयवासी मिलेर बेपत्ताहरुको खोजी भइरहेकोे भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिए ,

विशेष