मनोरञ्जन

प्रहरी, प्रेस, पब्लिक, पावर र पोलिटिक्सको मिश्रण 'संरक्षण' आजबाट देशभर

प्रहरी, प्रेस, पब्लिक, पावर र पोलिटिक्सको मिश्रण 'संरक्षण' आजबाट देशभर

शुक्रबारबाट देशभरका ८० सिनेमाघरमा चलचित्र 'संरक्षण' प्रदर्शन भैरहेका छ । पूर्णेन्दु झाको निर्देशन तथा निर्माता नरेन्द्र महर्जनद्वारा बनेको 'संरक्षण' मुलुकमा देखिएको मधेस र पहाडबीचको द्वन्द्वको विषयलाई समेठिएको छ ।

निर्देशक झाका अनुसार, 'यस चलचित्रमा हाम्रो देशलाई पाँच 'पी'ले दबाइरहेको देखाउँन खोजेको छु । पाँच 'पी' अर्थात प्रहरी, प्रेस, पब्लिक, पावर र पोलिटिक्सको मिश्रण रहेको यस चलचित्र मार्फत राज्यमा के के हुन्दैछ ध्यान आकर्षन गराउँन खोजेको बताए । उनकाे भनाइ अनुसार पाँच 'पी' रहेका पदहरु नराम्रा होइनन् तर हाम्रो देशमा यसको गलत तरिकाले काम भैरहेको छ, भने । बिगत केहि समय देखि जसरी एउटा घर कता के नमिलेकोले गर्दा विभाजन हुन्छ त्यस्तै नै अहिले हाम्रो मुलुकको हालत भैरहेको अवस्था छ ।'

'यो फिल्मले पछिल्लो समय मुलुकमा देखिएको पहाड र मधेसको द्वन्द्वलाई समेटेको छ,’ निर्देशक झाले भने । फिल्ममा पहाडी, मधेसी थारू र अन्य समुदायबीचको व्यावहारिक र मनोवैज्ञानिक द्वन्द्वलाई चित्रण गरिएको उनले बताए । अहिले भैरहेको पुरानै विषय हो तर नयाँ कथा तथा नयाँ शैलीमा ल्याउँन र देखाउँन खोजेको हुँ । मैले केवल यस चलचित्र मार्फत देशलाई एक जुट बनाउँन प्रयास गर्न खोजेको मात्र हुँ । आशा गर्छु सबैले यर्थातलाई बुझोस् र मन पराओस् ।'

निर्माता नरेन्द्र महर्जनले, 'आफ्नो फिल्म करिअरमा यो निकै पृथक भएको बताए । उनले भने मैले विभिन्न चलचित्र बनाए तर यस्तो विषललाई लिएर यो पहिलो चलचित्र हो । फिल्मको लागत १ करोड ५० लाख रुपैयाँ रहेको उनले जनाए । अभिनेता राज कटुवालले फिल्म ‘संरक्षण’ ले वर्तमान नेपालको मुख्य विषय उजागर गरेको बताए । फिल्ममा सौगात मल्ल, निखिल उप्रेती, रमेशरञ्जन झा, राज कटुवाल, सुशान्त श्रेष्ठ, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, नीर शाह, श्वेता शाह, नन्दु श्रीवास्तव, कामेश्वर चौरासियालगायतको अभिनय रहेको बताइएको छ ।'

 

विशेष