मुख्य समाचार

लाजिम्पाटको मुल सडकमा हिडिरहेका बेला पैदलयात्रुलाई करेन्ट लाग्यो, दुबै खुट्टा जले

लाजिम्पाटको मुल सडकमा हिडिरहेका बेला पैदलयात्रुलाई करेन्ट लाग्यो, दुबै खुट्टा जले

साउन १७ । काठमाडौंको लाजिम्पाटस्थित सडक किनारमा हिँडिरहेका एक पैदलयात्रीलाई हिड्दा हिड्दै करेन्ट लागेको छ । मंगलबार बिहान उत्तरढोका सडकमा हिँडिरहेको बेला रामेछापको बेथान–३ घर भएका २९ वर्षीय राजु लामालाई करेन्ट लागेको हो । करेन्ट लागेर उनको दुबै खुट्टा जलेको छ । घाइते लामाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय वासिन्दाका अनुसार, सडक किनारमा हिँडिरहेको बेला उनलाई करेन्ट लागेको थियो । बिजुलीको पोलमा करेन्ट सर्ट भएर झिल्का उठेको र त्यसैबाट करेन्ट लागेको उनीहरुको भनाइ छ ।

विशेष