उपचारको अभावमा आन्द्रावाट दिसा–पिसाब !
गुल्मी । आर्थिक अभावका कारण गुल्मीमा एक वालकको अवस्था अत्यन्तै पीडादायी बनेको छ । जिल्लाको मालिका गाउँपालीका ७ सिमलटारीका ४ वर्षका निशान सुनार आर्थिक अभावकै कारण उपचार गर्न नसकेपछि आन्द्राबाट दिसा र पिसाव गर्दै जीवन गुजार्दै आईरहेका छन् ।
उनको दिशा गर्ने प्वाल र आन्द्रा समेत नभएको जिल्ला अस्पताल तम्घासका डाक्टर सुरेन्द्र रायमाझीले बताए । मुटुमा समेत सानो प्वाल परेको छ जिल्ला अस्पतालका डाक्टर रायमाझिीले भने‘ स्थानीय स्तरमा उनको उपचार संभव छैन, अली राम्रो अस्पतालमा लगेर अप्रेसन गर्नुपर्छ ।’
जन्मदै यस्तै समस्या रहेका उनको उपचारका लागि दुईवर्ष अघि काठमाण्डौ स्थीत कान्तिवाल अस्पतालसम्म पुगेको भएपनि आर्थिक अभावका कारण उपचार गर्न नसकिएको परिवारको भनाई रहेको छ । २ बर्ष अगाडि काठमाडौ उपचार गर्न लगेको थिए वालकका वुवा विजु सुनारले गहभरि आशुँ ल्याउदै भने ‘ अप्रेसन गर्नुपर्छ भनेर भनेपछि पैसा भएन, अनि त्यत्तिकै घर फर्काएर लिएर आए ।’ उनले अहिले जिल्लाको सदरमुकाम तम्घासमा सञ्चारकर्मी र मानवअधिकारकर्मीहरुलाई आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिनका लागि आग्रह गरेका छन । सवैलाई आफ्नो समस्या बताए कतैवाट पनि केही समस्या समाधान भएन उनले भने‘ छोरालाई बचाइदिनका लागि पत्रकार र मानवअधिकारकर्मी खोज्दै आएको हुँ ।’ उनका अनुसार छोराको अपांग परिचयपत्र लिन सदरमुकाम तम्घास स्थीत महिला तथा वालवालीका कार्यालयमा आएको भएपनि उनी अपांगताको कोटा भित्र नपर्ने बताए । उपचारवाट उनको समस्या समाधान हुने भएका कारण उनले अपांग परिचयपत्र नपाउने जानकारी पाएपछि निशानका आमावावु निरास भएका छन ।
महिला तथा वालवालीका कार्यालय प्रमुख प्रतिभा पन्थीले अपांग परिचयपत्र उपलव्ध गराउने निर्देशिका अनुसार उनलाई अपांग परिचय पत्र दिन सम्भन नभएको बताईन । यस्तो प्रकारको विरामीलाई अपाङ परिचयपत्र दिने कुनै आधार छैन पन्थीले भनिन‘ अवस्था निकै दर्दनाक रहेछ, कुनै माध्यमवाट उपचार गर्न सकियो भने यीनले नयाँ जीवन पाउने थिए ।’ निशान आफ्ना वावु बिजु र आमा राधिकाका पाँचौ सन्तान मध्य कान्छा छोरा हुन् ।
अत्यन्तै विपन्न सुनार परिवार वर्षौदेखि गाउँघरमा अर्मपर्म गरेर जीवन गुजार्दै आईरहेका छन् । घरमा दुई महिना खाना पुग्ने सम्पति छैन । आमावावुलाई आफ्ना सन्तानहरु हुर्काउन मुस्किल परिरहेको छ । एकातिर पारिवारिक विपन्नता अर्कोतिर त्यसैमाथि छोराको यस्तोे अवस्था देखेर आमा राधिका यतिवेला छोराको उपचारमा सहयोग गरिदिन सबैमा बिन्ती गरिरहेकि छन् । ‘नजन्मिनु थियो, जन्मि हाल्यो, जस्तो भएपनि सन्तानको माया, के गर्ने ? यस्तो अवस्था कसैका आमावावुले भोग्न नपरोस् र देख्न पनि नपरोस्’ उनले भनिन्– ‘बाहिरवाट देख्दा धेरैलाई के भएको छ र भन्ने लाग्छ तर कपडा खोलेर हेर्ने हो भने सबैजना डराएर आँखा छोप्छन् ।’