मनोरञ्जन

मिस नेपाल निकिता चाण्डकलाई प्रदिपसँग फिल्म खेल्ने रहर

मिस नेपाल निकिता चाण्डकलाई प्रदिपसँग फिल्म खेल्ने रहर

काठमाडौं । फिल्म ‘प्रेमगीत’ ले कलाकार प्रदिप खड्काको चर्चा एकाएक चुलाएसँगै यतिबेला उनीसँग काम गर्न चाहनेहरुको इच्छा पनि बढ्दो छ । यसैबीच मिस नेपाल २०१७ निकिता चाण्डकले पनि आफूलाई प्रदिपसँग काम गर्ने मन भएको बताएकी छिन् ।

राजधानीको कुमारी हलमा फिल्म ‘प्रेमगीत २’ केर्न पुगेकी निकिताले एक वर्षको मिस नेपालको कार्यकाल सकिएपछि फिल्ममा काम गर्न मन भएसँगै प्रदिपसँग फिल्म खेल्न मन भएको बताएकी हुन् । यसकासाथै यदि काम गर्ने अवसर मिल्यो भने अवश्य काम गर्ने पनि उनले बताएकी छिन् ।

रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको फिल्म ‘प्रेमगीत २’ मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । हिसो शुक्रबारबाट फिल्म तेस्रो हप्तामा प्रवेश गरेको छ ।

 

Nikita Chandak

विशेष