सुन्दर सुदूरपश्चिम’का अभियन्ता हमाल विवेकशील साझा पार्टीमा प्रवेश
धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा उठेका लोकप्रिय व्यक्ति गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा विवेकशील साझा पार्टीका सहसंयोजक रवीन्द्र मिश्रले उनलाई पार्टी प्रवेश गराएका हुन् र उनलाई पार्टीको प्रदेश ७ संयोजकको जिम्मेवारी दिइएको छ । उनी सुन्दर सुदूरपश्चिम’का अभियन्तासमेत हुन् । लोकप्रिय छबीकै कारण उनी विजयी नृप वडका निकटतम प्रतिद्वन्द्वी बन्न सफल भएका थिए ।