मुख्य समाचार

प्रचण्डले सरकार छाडेको दुई महिनापछि महान्यायाधिवक्ता श्रेष्ठको राजिनामा

प्रचण्डले सरकार छाडेको दुई महिनापछि महान्यायाधिवक्ता श्रेष्ठको राजिनामा

काठमाडौं । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा बुझाएका हुन् । उनको राजिनामा स्वीकृत भइसकेको बताइएको छ ।

श्रेष्ठलाई निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महान्यायाधिवक्ता नियुक्त गरेका थिए । प्रचण्डले राजिनामा दिएको दुई महिनापछि मात्र श्रेष्ठले राजिनामा दिएका हुन् । यसअघिका महान्यायाधिवक्ताले प्रधानमन्त्रीले राजिनामा दिएलगत्तै राजिनामा दिने गर्थे । श्रेष्ठले राजिनामा दिएकाले अब प्रधानमन्त्री देउवालाई नयाँ महान्यायाधिवक्ता नियुक्त गर्न बाटो खुलेको छ ।

विशेष