मनोरञ्जन

टीवी सिरियल पूजाको इंगेजमेन्ट

टीवी सिरियल पूजाको इंगेजमेन्ट

मुम्बई । 'देवो के देव महादेव' हिन्दी सिरियलमा रोल गर्ने पूजा बनर्जी आज भोलि खुब चर्चामा रहेकि छिन् । चर्चामा आउने मुख्य कारण पूजाको इंगेजमेन्ट फिक्स भएको छ । यसै वर्ष अगस्ट १६ मा टीवी एक्टर कुणाल वर्मासँग उनको इंगेजमेन्ट हुन गैरहेको छ । यी जोडिले आफ्ना सामाजीक संजालमा विभिन्न रोमान्चिक तस्वीरहरु सेयर गर्दै छन् । आठ वर्ष देखि दुवैजना एक अर्कालाई डेट गर्दै आइरहेका छन् ।

पूजा र कुणालको अफेयर टीवी सिरियल 'तुझ सँग प्रीत लगाई सजना'को सेटबाट सुरु भएको थियो । २००८–२०१० को बिच सुरु भएको यस टेलिसिरियलबाट एक अर्कासँग नजिकिएका थिए ।

तर सन् २०१६ तिर हल्लामा आएको थियो कि आठ वर्ष पुरानो अफेयर केहि खटपटले समाप्त भयो । कारण के थियो भने पूजाले कुणाललाई विवाहको प्रस्ताव राखेकि थिइन् । तर कुनाल विवाहको झमेलामा पर्न नचाहेर उनले विवाह नगर्ने भने ।

कुणलले अहिले विहेको जिम्मामा बाधिन नचाहने भने, हामी आपसी सहमतीमा छुटेएका हौ बताए । तर पूजा विवाहको बन्धनमा बाधिन चाहान्थिन् । विभिन्न सिरियलहरु 'तुझसँग प्रीत लगाई' र 'देवो के देव' जस्ताबाट चर्चा बटुले तापनि पूजालाई पहिलो ब्रेक एकता कपूरको शो 'काहानी हमारे महाभारत की'बाट सुरुवात गरेकी थिइन् ।

पूजाले सिरिल पछि ठूलो पर्दामा पनि काम गरिन । उनले बंगाली फिल्म 'माचो मस्तान' २०१२, 'चैलेंज'–२ २०१३, 'लवरिया' २०१३ र 'तीन पत्ती' २०१४ मा खेलेकि छिन् ।

 

विशेष