मनोरञ्जन

कुनै समय सडकमा पेन बेच्ने यी बलिउड कलाकार अहिले १९० करोडको सम्पत्तिका मालिक

कुनै समय सडकमा पेन बेच्ने यी बलिउड  कलाकार अहिले १९० करोडको सम्पत्तिका मालिक

एजेन्सी । बलिउडका महसुर कमेडियन जोनी लिवर आज ६० वर्षका भएका छन् । १४ अगस्ट १९५७ मा जन्मिएका उनको जीवन कहानी कम रोचकपूर्ण छैन । अहिले चर्चित कलाकार भएका उनी कुनै समय मुम्बईको सडकमा पेन बेचेर बस्ने गर्थे ।

भारतको आंथ्र प्रदेशको कनिगिरिमा तेलेगु क्रिश्चियन परिवारमा जन्मिएका जोनीले परिवारको खराब आर्थिक अवस्थाका कारण लेखपढ गर्न पाएनन् । उमेर भइसकेपछि मुम्बई आएका उनी आफ्नो छाक टार्नका लागि मुम्बईका सडकमा पेन बेच्ने गर्थे । उनी बलिउड गीतमा नाच्दै र अभिनेत्रीको नक्कल गर्दै पेन बेच्थे ।

तर, मेहनत र परिश्रमले उनले आफ्नो भाग्यलाई नयाँ मोड दिए । तिनै सडकमा पेन बेचेर बस्ने जोनीसँग अहिले करिब १९० करोडको सम्पत्ती रहेको भारतीय मिडियाले जनाएको छ । अहिले उनी आफ्नो कमेडिमार्फत हजारौँ मानिसलाई हसाउँछन् । अहिलेसम्म औसत रुपमा यस्तो कुनै फिल्म छैन जहाँ जोनी लिवर छैनन् ।

Jhonny Lever

विशेष