बाढीपहिरोले जनधनको क्षति पु-याएकोमा पूर्वराजा दुःखी, प्रकोप नियन्त्रणमा जोड दिन आग्रह
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार एक विज्ञप्ती जारी गरी विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशको तराईलगायत विभिन्न भूभागमा आएको बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जनधनको ठूलो क्षति पु-याएकोमा चिन्ता प्रकट गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले यस घडीमा त्यस क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलव्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्बन्धित पक्षले तदारुकता देखाउने विश्वाससमेत लिएका छन् । उनले यस दुःखद घडीमा धैर्य र साहसका साथ विपत्ति सामना गर्ने सफलताका लागि ईश्वरसँग प्रार्थनासमेत गरेका छन् ।