खेल मुख्य समाचार

हङकङबिरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

हङकङबिरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट गरिएको छ ।

मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको छनौट गरेका हुन् । घोषणा भएको नेपाली टिममा केहि नयाँ अनुहार पनि परेका छन् । चोटका कारण टिममा पर्न नसकेकका सौरभ खनाल र जितेन्द्र मुखियाले पनि पहिलो चरणमा टिममा स्थान बनाएका छन । सुवास खकुरेल चोटका कारण अझै टिमबाट बाहिर छन् ।
नयाँ खेलाडीहरु ललित सिंह भण्डारी, कुशल भुर्तेल, हसिम अन्सारीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

नेपालले आगामी अक्टोबर १३ र १५ मा हङकङबिरुद्ध आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसिपको छैटौं चरणको प्रतिस्पर्धा गर्नेछ । टोलीमा, कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, नरेश बुढायर, मेहेवुव आलम, सागर पुन, आरिफ शेख, अभिनाश कर्ण, सुनील धमला, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सौरभ खनाल, सुशील कँडेल, ललितसिंह भण्डारी, बिक्रम सोव, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ, हसिम अन्सारी र सुशान भारी छन् ।

विशेष