मनोरञ्जन

आठ वर्षमा यस्तो भयो टिभीका यी कृष्णको लुक्स

आठ वर्षमा यस्तो भयो टिभीका यी कृष्णको लुक्स

एजेन्सी । सन् २००८ मा भारतीय टेलिसिरियल ‘जय श्री कृष्ण’मा भगवान कृष्णको भूमिका निभाएकी थृति भाटिया अहिले ११ वर्षकी भएकी छिन् । उनी कृष्ण बन्दा यतिसम्म भयो की, कति मानिसहरु उनलाई असली कृष्ण पनि भन्ने ठान्दथे ।

उक्त टेलिसिरियल चलिरहँदा आफू धेरै सानो भएको बताउँदै उनले भनिन्, ‘म एकदमै सानी थिएँ । तर, मानिसहरु भक्ति भावले फिल्मको सुटिङमा आउने गरेको मलाई अझै याद छ । उनीहरुले मलाई असली भगवान जसरी नै व्यवहार गर्थे ।’ फेम र नामवाहेक उक्त शोले आफूमा सुकारात्मक दृष्टिकोणको विकास पनि गराएको उनले बताइन् ।

‘जय श्री कृष्ण’ पछि उनलाई अन्य धेरै टेलिसिरियलमा काम गर्ने अवसर पनि मिल्यो । आफ्नो भविष्यकोबारेमा बोल्दै उनले आफूलाई भविष्यमा कोरियोग्राफर बन्न चाहने बताइन् । हाल उनी कक्षा ६ मा अध्ययनरत छिन् ।

विशेष