रियल म्याड्रिड विजयी, रोनाल्डोलाई पाँच खेल प्रतिबन्ध
काठमाडौं । स्पेनिस सुपर कप फुटबलको पहिलो लेगमा रियल म्याड्रिडले बार्सिलोनलाई ३–१ ले पराजित गरेको छ । सो खेलमा रियल म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डोलाई रेफ्रीलाई धकेलेको आरोपमा ५ खेलको प्रतिबन्ध पनि लगाइएको छ ।
आइतबार राति भएको पहिलो लेगमा रियल म्याड्रिडले अन्तिम समयमा लगालग २ गोल गरेपछि पहिलो लेगमा फराकिलो अग्रता कायम गर्न सफल भयो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र मार्को एसेन्सियोले समान १/१ गोल गर्दा १ गोल जेरार्ड पिकेले आत्मघाती गोल गर्न पुगेका थिए । बार्सिलोनाका लागि लियोनल मेसीले पेनाल्टीमार्फत खेललाई १/१ को बराबरीमा ल्याएका थिए । मार्सेलोको क्रस बल क्लियर गर्ने क्रममा बार्सिलोनाका जेरार्ड पिकेले आफ्नै पोस्टमा गोल गर्न पुगेपछि रियलले सुरुवाती अग्रता लिएको थियो । खेलको ७७औं मिनेटमा गोलरक्षक कलर नाभासले बार्सिलोनाका फरवार्ड लुइस स्वारेजलाई लडाएपछि पाएको पेनाल्टीमा मेसीले
गोल गरे ।
खेलको ८०औं मिनेटमा रोनाल्डोले काउन्टर याट्याकमा गोल गरे । त्यसको १ मिनेट नबित्दै अनावश्यक ड्राइभ हानेको कारण रोनाल्डोले दोस्रो पहेंलो कार्ड पाउँदै रातो कार्ड खाएर मैदानबाट बाहिरिए । त्यसअघि रोनाल्डोले गोलको खुसी मनाउने क्रममा जर्सी उतारेपछि पहेंलो कार्ड पाइसकेका थिए । उनलाई रेफ्रीले रातो कार्ड देखाएपछि रेफ्रीमाथि आक्रोश पोखेका थिए । उनलाई ५ खेलका लागि प्रतिबन्ध लगाइएको छ ।
१० खेलाडीमा सीमित हुनुका बाबजुद रियलले ९०औं मिनेटमा एसेन्सियोको गोलमार्पmत खेललाई ३–१ को अवस्थामा पु-याउँदै पहिलो लेगमा महŒवपूर्ण जित हासिल ग¥यो ।