बिलिङ सिस्टम जडान नगरेका ट्याक्सी काठमाडौंमा अब गुडाउन नपाइने
काठमाडौं । उपत्यकामा अब कम्प्युटराइज्ड बिलिङ मेसिन जडान नगरिएका ट्याक्सी चलाउन नपाइने भएको छ ।
यातायात तथा सवारी व्यवस्था ऐनअनुसार ट्राफिक प्रहरीले यात्रुलाई बिल नदिने ट्याक्सीलाई कारबाही गर्नेछ। बिलिङ मेसिन जडान नगरी ट्यक्सी चलाए ट्राफिक प्रहरीलाई ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार कम्प्युटराइज्ड बिलिङ मेसिन नराख्ने २ सय ट्याक्सीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणपछि केही ट्याक्सीमा महानगरीय ट्राफिक परिसरमै बिलिङ मेसिन र प्रिन्टर जडान गरिएको छ ।
नापतौल विभाग, ट्याक्सी मालिक, चालक र मेसिन जडान गर्ने एजेन्टलाई संगै राखी प्रहरी महाशाखा परिसरमै मेसिन जडान गरिएको हो। केहीलाई भने नापतौल विभागबाट बिलिङ र प्रिन्टर मेसिन जडान गर्ने सर्तमा छाडिएको छ ।
कान्तिपुर