मुख्य समाचार

प्रधानमन्त्री देउवा आज बाढी प्रभावित क्षेत्रमा जाँदै

प्रधानमन्त्री देउवा आज बाढी प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्न लागेका छन् ।

अविरल वर्षापछिको बाढी–पहिरो र डुबानले देशभर ठूलोसंख्यामा धनजनको क्षति गरेपछि प्रधानमन्त्री देउवा आज प्रभावित क्षेत्रको निरिक्षण–भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्रीको भ्रणमपछि थप राहतको प्याकेज घोषणा हुने सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सरकारले उद्धार, पुनःस्थापना तथा खाद्यान्नलगायत राहत वितरणका लागि आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकप्टर भाडामा लिएर परिचालन गरिदैछ ।

यसअघि हिजोको मन्त्रिपरिषद बैठकले बाढी–पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई २–२ लाख राहत दिने घोषणा गरिसकेको छ । साथै बैठकले घाइतेलाई तत्काल निःशुल्क उपचार गर्ने र राजधानीलगायत नजिकका सशरबाट खाद्यान्न किनेर वितरण गर्न सम्बन्धित प्रमसख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

विशेष