समाज

डुबानका कारण विराटनगरको ऐतिहासिक रथयात्रा प्रभावित, राष्ट्रपति पनि नजाने भइन्

डुबानका कारण विराटनगरको ऐतिहासिक रथयात्रा प्रभावित, राष्ट्रपति पनि नजाने भइन्

काठमाडौं । अविरल वर्षापछिको डुबानले विराटनगरमा वर्षौंदेखिको श्रीकृष्ण रथयात्राको परम्परा नै प्रभावित भएको छ ।

कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा नेपालकै विशाल रथयात्रा हुने गर्दथ्यो । रथयात्रा यसपटक पनि हुने भएको छ तर रथ हिँडने मार्ग भने छोट्याइएको छ । विराटनगरको राधाकृष्ण मन्दिरबाट निस्कने रथले बजार क्षेत्र हुँदै कोशी राजमार्गबाट सोही स्थानमा फर्कने गर्दथ्यो । नगर परिक्रमा गर्ने परम्परा यसपटक तोडिने भएको छ । राधाकृष्ण रथयात्राका अगुवा बाबुराजा ओझाले भने, ‘यो विषय परिस्थितिमा नगर परिक्रमा गराउन सम्भव भएन । यसपटक मेनरोडबाट रथ महेन्द्र चौकसम्म जान्छ, त्यहीबाट त्यही बाटो फर्केर मन्दीरमा आउनेछ ।’

विराटनगरमा रथयात्रा सुरु भएको १ सय वर्ष पुग्न लागेको छ । यो यात्रा विराटनगरको मौलिक परम्परा पनि हो । यसपटक रथयात्रामा राष्ट्रपति विद्या देवी भण्डारी पनि जाने कार्यक्रम थियो । तर विषम परिस्थितिका कारण राष्ट्रपति भण्डारीले कार्यक्रम स्थगित गरेकी छन् ।

विशेष