मनोरञ्जन

फिल्म ‘कान्छी’ सँगैे बाढी पीडितलाई एक लाख दिने श्वेताका घोषणा

फिल्म ‘कान्छी’ सँगैे बाढी पीडितलाई एक लाख दिने श्वेताका घोषणा

काठमाडौं । अविरल वर्षाले देशमा ल्याएको विकराल स्थितीमा धेरै कलाकार तथा सर्वसाधरणले राहतको लागि हात बढाउने कार्य तीव्र छ । यहि विपतको घडिमा नायिका श्वेता खड्काले पनि बाढी पिडितको लागि एक लाख ५ हजार रकम सहयोग गर्ने भएकी छिन् ।

श्रीकृष्ण जन्मअष्ठमीको दिन आफ्नो लगानीमा बन्न लागेको फिल्म ‘कान्छी’ को घोषणा गर्दै उनले बाढी पिडितका लागि १ लाख ५ हजार सहयोग गर्ने वचन दिएकी छिन् । यो रकम चलचित्र निर्माता संघले स्थापना गर्न लागेको बाढी पीडित कोषमा जम्मा हुनेछ ।

यस्तैगरि बाढी पीडितको लागि नायिका पूजा शर्माले १ लाख, दीपकराज गिरीले १ लाख, दीपाश्री निरौलाले ५१ हजार, प्रियंका कार्कीले ५१ हजार, चलचित्र कलाकार संघले ५१ हजार, भद्रगोल टिमले ५१ हजार, हाँस्य कलाकार निर्मल शर्माले १० हजार सहयोग गरेका छन् ।

शुक्रबारदेखि भएको अबिरल वर्षाका कारण विभिन्न स्थानमा बाढीका साथसाथै पहिरो गएको छ । गृह मन्त्रालयकाअनुसार, सुनसरीm भापा, सिन्धुली, मोरङ, बाँके, पाँचथर, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा बाढी पहिरोले बढि प्रभावित बनेका छन् ।

Sweta Khadka

विशेष