मनोरञ्जन

रिलिजअघि नै रजनीकान्त र अक्षयको ‘२.०’ ले कसरी कमायो १०० करोड ?

रिलिजअघि नै रजनीकान्त र अक्षयको ‘२.०’ ले कसरी कमायो १०० करोड ?

एजेन्सी । बलिउड अभिनेता रजनीकान्त र अक्षय कुमारको आउँदै गरेको फिल्म ‘२.०’ ले रिलिज अगावै ११० करोड कमाएको छ । दिपावलीमा रिलिज हुने भनिएको फिल्म यतिबेला भीएफएक्स वर्कमा ६ महिना भन्दा बढि समय लाग्ने भएपछि फिल्मको मिती लम्ब्याइएको छ ।

बलिउडको अहिलेसम्मकै महंगो बजेटमा बनेको उक्त फिल्मको स्याटेलाइट राइट्स जी नेटवर्कले खरीद गरेको छ । ४ सय करोडको लागतमा बनेको फिल्ममा अक्षय कुमार भिलेनको भूमिकामा प्रस्तुत हुँदै छन् भने रजनीकान्त हिरोको भूमिकामा ।

एस शंकरको निर्देशनमा बनेको फिल्मको तेलंगाना र आन्ध्र प्रदेशको डिस्ट्रीब्युसन राइट्स द ग्लोबल सिनेमाले खरिद गरेको छ । फिल्मको प्रचारको लागिमात्र १५० करोड छुट्याइएको छ ।

Akshya Rajnikant

विशेष