स्वास्थ्य

डा. गोविन्द केसीको ११ औं सत्याग्रह समाप्त

डा. गोविन्द केसीको ११ औं सत्याग्रह समाप्त


काठमाडौं । २३ दिन देखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीले आफ्नो ११ औं सत्याग्रह स्थगित गरेका छन् ।

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै २३ दिन अघि अनशनरत डा. केसीले बाढी पहिरोले गर्दा देशको अवस्था नाजुक रहेको भन्दै आफ्नो सत्याग्रहलाई स्थगित गरेको बताएका छन् । 

केसीले सरकारले आफ्ना सबै माग पूरा नगरे पनि बाढीपहिरो पीडितको अवस्थालाई हेरेर तत्कालका निम्ति अनसन स्थगित गरेका हुन्  । उपत्यकामा अवको १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मुख्य अडानका साथ डा. केसीले अनशन सुरु गरेको २३ दिन पुगेको छ । डा. केसीका समर्थक डा. केदार भक्तमाथेमाले डा. केसीको माग यथावत रहेको तर अहिलेको देशको गम्भीर अवस्थालाई हेरेर अनशन स्थगित गर्न लागेको जानकारी दिए ।

विशेष