फोटोमा हेर्नुहोस् विराटनगर विमानस्थलको सफाई, सेवा सुचारु हुन अझै चार दिन लाग्ने
विराटनगर । बाढीले जलमग्न भएको विराटनगर विमानस्थल सफाइको काम सुरु भएको छ ।
विमास्थलभित्र पसेको वाढीको लेदो पखाल्ने काम सुरु गरिएको हो । दमकलको सहायताले हिलो पखाल्ने काम थालिएको विमानस्थल कार्यालयले जनाएको छ ।
हिलो पखाल्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । रन वे मा आधा फिटसम्म हिलो जमेपछि चार दिनदेखि विराटनगर विमानस्थलमा कुनै पनि उडान हुन सकेका छैनन् ।
विमानस्थल सफाइको काम सक्न चार दिन लाग्ने अनुमान गरिएको छ ।
त्यसपछि विमानस्थलभित्रको विद्युत् र उडान तथा अवतरणको सुरक्षाबारे जानकारी दिन राखिएका विद्युतीय उपकरणहरुको चेकजाँच गरेपछि मात्रै विमानस्थल सञ्चालनमा ल्याइने बताइएको छ ।