मनोरञ्जन

११ परिवारबाट अस्वीकार भएकी बच्चीको आमा बन्न राजी भइन् सन्नी

११ परिवारबाट अस्वीकार भएकी बच्चीको आमा बन्न राजी भइन् सन्नी

एजेन्सी । केही समयअघिमात्र बलिउडकी पूर्व पोर्नस्टार तथा अभिनेत्री सन्नी लियोनी आमा बनेको खबर सार्वजनिक भएको थियो । उनी आफैंले बच्च जन्माएकी भने होइनन् । सन्नी र उनका पति डेनियलले एउटी बच्ची एडप्ट गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सन्नी र डेनियलले एडप्ट गरेका ती बच्चीलाई पहिल ११ जना परिवारले एडप्ट गर्न रिजेक्ट गरेका थिए । तर, सन्नी तिनै बच्चीलाई आफ्नो धर्मपुत्री बनाउन राजी भइन् ।

धेरै परिवार बच्चाको रंग, अनुहार र बच्चाको मेडिकल विवरणलाई लिएर बढि उत्सुक हुने गर्छन् । त्यसकारण कति बच्चाहरु एडप्ट हुनबाट वञ्चित हुन्छन् । त्यसै कारण सन्नीकी छोरी निशालाई ११ परिवारले एडप्ट गर्न अस्वीकार गरेका थिए । तर, सन्नी र डेनियलले यस कुरामा कत्ति पनि मन नदुखाएको बताइएको छ । सन्नीले निशाको कुनै पनि विवरण जान्ने इच्छासमेत नराखी उनलाई अंगालो हालेकी थिइन् ।

Sunny Leone

विशेष