अब घर घरमा लाखे (भिडियोसहित)
काठमाडौं । गाइजात्राका अवसरमा लाखे नाचेको त हामीले देखेकै हो । गाइजात्रामा लाखे नचाउनुको अर्थ छ । कुनै परिवारमा कसैको निधन भएको छ भने शोकाकुल परिवारले विचित्रका कुराहरु देखेर केही समय भए पनि मन भुलाउन भनेर गाइजात्रा निकालिन्छ । गाइजात्रामा हुने लाखेको उद्देश्य पनि त्यही हो ।
तर लाखे सबैतिर सधै शोकमा परेकाहरुका लागि मात्रै देखाइदैन । ठूला रथयात्रा, काठमाडौंका विभिन्न जात्रामा पनि लाखे नाच देखाइन्छ । अझ नेवारी समुदायमा त लाखे मनोरञ्जनकालागि पनि नचाइन्छ ।
पूर्वी पहाडी जिल्ला भोजपुरमा विभिन्न खाले लाखेको प्रचलन छ । हेर्दा उस्तै भए पनि लाखेहरुको स्वरुपका कारण फरक फरक हुन्छ । भोजपुरमा चार किशिमको लाखे नाचको आयोजना हुन्छ । भोजपुरबाट काठमाडौंमा बसाई आएकाहरुले अहिले पनि आफ्नो घरमा लाखे नचाएर मनोरञ्जनल लिने गर्दछन् । यो सामाग्रीसँग भएको लाखे मनोरञ्जनका लागि नचाइएको हो ।
यस्तो लाखे नाच सधै भने हुँदैन । तोकिएको समयभित्र लाखे नचाउने समूहसँग सम्पर्क गरेर आफ्नो घरमा पनि बोलाउन सकिन्छ । लाखेलाइ भैरवकाे प्रतिक मान्ने गरिन्छ ।
lakhe dance