मनोरञ्जन

नाचौ नाचौ लाग्ने गुरुङको अर्को गीत 'तीज आयो है' सार्वजनिक

नाचौ नाचौ लाग्ने गुरुङको अर्को गीत 'तीज आयो है' सार्वजनिक

काठमाडाैं । गीतकार अम्बिका गुरुङले फेरी अर्को नाचौ नाचौ लाग्ने तीज गीत 'तीज आयो है'को भिडियो युट्युब मार्फत सार्वजनिक गरेकी छिन् । यस अघि पनि गुरुङले रजनी राईको स्वरमा गीत ‘आएनौ छोरी’ बोलको भावुक शैलीको तीज गीत सार्वजनिक गरेकी थिइन् ।

यस गीतमा आभा मुकारुङ र कला राइको आवाज रहेको छ भने शब्द गुरुङको छ । तीजको यस गीतमा संगीत प्रकाश लोप्चाले भरेका छन् । प्रकाश लेप्चाको निर्देशनमा रहेको यस गीतको भिडियोमा शिवदास गुरुङको कोरियोग्राफी रहेको छ । यो भिडियोमा रीना थापा मगर साथीहरुले आकर्षक नृत्य गरेका छन् । जोन योञ्जनद्वारा छायांकन गरिएको उक्त भिडियोलाई राजन कार्कीले सम्पादन गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु

विशेष