मनोरञ्जन

फिल्म ‘कान्छी’ बारे कुरा गर्दा पहिलो भेटमै दयाले श्वेतालाई भने, ‘गीत नराखौँ ल’

फिल्म ‘कान्छी’ बारे कुरा गर्दा पहिलो भेटमै दयाले श्वेतालाई भने, ‘गीत नराखौँ ल’

काठमाडौं । केही दिनअघिमात्रै राजधानीमा कार्यक्रम आयोजना गर्दै नायिका श्वेता खड्काले फिल्म ‘कान्छी’ निर्माण घोषणा गरिन् । फिल्ममा आफू कान्छी बन्न लागेकी श्वेताले कान्छाको लागि दयाह्याङ राईलाई रोजेकी छिन् ।

कलामा पोख्त भएपनि दया नृत्यमा भने पोख्त मानिदैनन् । उनी आफैँलाई पनि नृत्य गर्न त्यत्ति मन नलाग्ने बताउँदै आएका छन् । त्यसो त धेरै कोरियोग्राफरहरुले दयालाई नचाउन गाह्रो हुने गरेको पनि बताउँदै आएका छन् ।

एक अन्तर्वार्तामा बोल्दै दयाले आफू कान्छा बन्ने पक्का भएपछि दयाले आफूले पहिल्यै ‘गीत चाहीँ नराखौँ ल’ भनेको बताए । श्वेता आफैंले निर्माण गर्न लागेको फिल्म ‘कान्छी’ यही भदौ १ गतेबाट फ्लोरमा जाने बताइएको छ ।

Daya hang Rai Sweta Khadka

विशेष