खेल

यु–१५ च्याम्पियनसिपको तयारी पूरा, भदौ २ देखि भिडन्त

यु–१५ च्याम्पियनसिपको तयारी पूरा, भदौ २ देखि भिडन्त

काठमाडौं । काठमाडौंमा हुने दक्षिण एसियाली राष्ट्रहरुबीचको १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पूरा भएको जनाउँदै खेल अफिसियलहरु आइसकेको र टिमहरु बुधबार आउने जनाएको छ । नेपालसहित ६ टिमले सहभागिता जनाउने सो प्रतियोगिता भदौ २ गतेदेखि सुरु हुँदैछ ।

समूह ‘ए’मा बंगलादेश, भुटान र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा नेपालसहित भारत र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

टिकटका लागि इ–सेवाबाट बिक्री सुरु भइसकेको पनि एन्फाले जनाएको छ । १६ वर्षमुनिको साफ च्याम्पियनसिपलाई १५ वर्षमुनिको च्याम्पियनसिपले विस्थापित गरेको हो । एएफसी १६ वर्षमुनिको छनोटका लागि साफले नयाँ शैलीको प्रतियोगिता ल्याएको हो ।

विशेष