बिल क्लिन्टनले स्विकारे मोनिकासँगको यौन सम्बन्ध
तात्कालिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टले सन् १९९८ अगष्ट १६ अर्थात आजकै आफ्नै कर्मचारी मोनिका लेवेन्सकीसँगको यौन सम्बन्ध स्विकार गरेका थिए ।
२२ वर्षिया ह्वाइट हाउसमा कार्यरत कर्मचारी मोनिका लेवेन्सकी र ४९ वर्षिय राष्ट्रपति बिल क्लिन्टनबीच १९९५ देखि १९९६ एक बर्षसम्म यौन सम्पर्क रहेको उनले स्विकार गरेका थिए ।
त्यो भन्दा पहिले आफू विरुद्धको आरोप झुटो भएको भन्दै क्लिन्टनले पटक–पटक बयान दिएका थिए ।