मनोरञ्जन

अञ्जु पन्तको सांगीतिक कार्यक्रममा गम्भीर प्रश्न, सुमधुर सन्ध्या नभएर धर्म परिवर्तनका लागि आर्थिक संकलन

अञ्जु पन्तको सांगीतिक कार्यक्रममा गम्भीर प्रश्न, सुमधुर सन्ध्या नभएर धर्म परिवर्तनका लागि आर्थिक संकलन

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको कार्यक्रम धर्म परिवर्तनका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गर्न लागि भएको भन्दै एक समूहले प्रश्न उठाएको छ । 

क्रिष्चियन धर्म मान्ने अञ्जुको भदौ २४ गते सुमधुस सन्ध्या नामक सांगीतिक कार्यक्रम हुँदैछ । यो कार्यक्रम गर्नुको भित्री उद्देश्य हिन्दूसँग पैसा लिएर हिन्दूकै धर्म परिवर्तन गराउनु रहेको ‘ईसाइकरणविरुद्ध जनचेतना अभियान’ ले दाबी गरेको छ ।
सो समूहको फेसबुक पेजमा लेखिएको छ, ‘ यो साँगीतिक कार्यक्रम नभएर धर्म परिवर्तनको लागि आर्थिक सङ्कलनको कार्यक्रम हो । हिन्दुहरुको पैसाले हिन्दुहरुको नै धर्म परिवर्तन गर्ने यो षडयन्त्र हो । यदि तपाईँ यो कार्यक्रम हेर्न जादै हुनु हुन्छ भने तपाई प्रत्यक्ष रूपमा ईसाई मिसनरिलाई धर्म परिवर्तनको लागि आर्थिक सहयोग गर्दै हुनुहुन्छ । मूर्ख नबनौँ क्रिष्चियनको जालमा नपरौँ आफ्नो परिश्रमको कमाई क्रिष्चियन मिसिनरीको हातमा जानबाट बचाऔं । अनि सबैलाई यो कुरा अवगत गराएर सचेत गराऔं ।’

विशेष