स्वास्थ्य

३४ प्रतिशत शिशु स्तनपानबाट बन्चीत

३४ प्रतिशत शिशु स्तनपानबाट बन्चीत

साउन १७ । नेपालमा ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान नगराउने भेटिएको छ । सन् २०१६ को सरकारी तथ्यांक अनुसार ६६ प्रतिशत महिलाले मात्र सन्तानलाई पूर्ण रुपमा स्तनपान गराउने गरेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागले २५ औं विश्व स्तनपान दिवसको पूर्वसन्ध्यामा राजधानीमा गरेको कार्यक्रममा सरोकारवालाले पूर्ण स्तनपान नपाएकाले बालबालिकाले आवश्यक तथा सन्तुलित पोषण नपाउने गरेको जानकारी गराए ।

पाँच वर्ष मुनिका ३५ दशमलव ८ प्रतिशत बालबालिकामा पुड्कोपन, ५२ दशमलव ७ प्रतिशतमा रक्तअल्पताको समस्या देखिएको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। राजेन्द्रप्रसाद पन्तले स्तनपानको सम्बद्र्धनका लागि ऐन ल्याइएपनि कार्यान्वयन हुन नसक्दा स्तनपान गराउने क्रम घट्दै गएको बताउनुभयो ।

बाल स्वास्थ्य महाशाखा अन्तर्गतको पोषणा शाखाका प्रमुख राजकुमार पोख्रेलले न्यून पोषणका साथै अधीक पोषणको समस्या पनि बढ्दै गएको बताउनुभयो । कान्तिपुर

विशेष