मनोरञ्जन

‘शब्दकोश मै तँ भन्ने शब्द छ, मैले तँ भन्न नहुने ?’ — दिया मास्के

‘शब्दकोश मै तँ भन्ने शब्द छ, मैले तँ भन्न नहुने ?’ — दिया मास्के

काठमाडौं । हिमालयन रोडिज सार्वधिक चर्चामा छ । रोडिजको भन्दा पनि शोकी जज दिया मास्केको बढि चर्चा हुने गर्छ ।

रोडिजमा आएका सहभागीहरुलाई तँ भनेर सम्बोधन गरिएको र दियाको आक्रामक शैलीबारे धेरैले टिका टिप्पणी हुने गरेका छन् । यस्तै टिप्पणीका कारण पनि अन्तर्वार्ताबाट टाढै छिन् दिया ।

पछिल्लो भने यसबारे उनले मुख खोल्नै पर्ने भयो । सहभागीलाई किन तँ भनिन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘यो सबै रोडिजको फर्माट हो । जब हाम्रो नेपाली भाषामा तँ शब्द छ भनेपछि आफू भन्दा सानालाई तँ किन भन्न नहुने ?’

यतिमात्र होइन् दियाले तँ शब्द पनि सहन नसक्नेले रोडिज किन आउने कुरामा पनि प्रति प्रश्न गरेकी छिन् । उनले थपिन्, ‘रोडिजमा आइसकेपछि यो यात्राभर अब कत्ति कुरा सहनुपर्छ सबै विस्तारै देखिन्छ । बिना लजिक मैले कसैलाई गाली गरेकी छैन । समाजमा भएको तर बोल्न नसकिने कुराहरु पनि बाहिर ल्याउनु पनि रोडिजको विशेषता हो ।’

विशेष