स्वास्थ्य

रुकुमकोे एउटै गाउँमा अज्ञात रोगले २०० जनाभन्दा बढी बिरामी

रुकुमकोे एउटै गाउँमा अज्ञात रोगले २०० जनाभन्दा बढी बिरामी

रुकुम । जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० भन्दा बढी स्थानीयवासी बिरामी परेका छन् ।

हप्ता दिनयता उनीहरु धमाधम् बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन् । टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी दिइन् । ‘भिन्न–भिन्न खालका बिरामी दैनिकरुपमा बढ्दै गएका छन्,’ उनले भनिन् । बिरामीको अवस्था चिन्ताजनक रहेको छ । स्यालाखदी स्वास्थ्य चौकीमा सामान्य औषधिसमेत नरहेको बुढाथोकीले बताइन् । हालसम्म उक्त प्रकोपबारे पत्ता लाग्न सकेको छैन् ।

हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट दुईजना स्वास्थ्यकर्मी औषधिसहित त्यसतर्फ पठाएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । उनले भने, ‘एक-एकजना स्वास्थ्य सहायक र अहेव भरियासहित औषधि लिएर गएका छन् ।’

‘तत्काल नियन्त्रणमा ल्याउन नसके महामारी फैलने होकी भन्ने चिन्ता छ,’ नगर प्रमुख केसीेले भने । टोली बिहीबार ९आज० साँझसम्म खदी पुग्ने बताइएको छ । रासस

rukum

विशेष