स्वास्थ्य

चिल्लो खाना खाँदै हुनुहुन्छ होसियार

चिल्लो खाना खाँदै हुनुहुन्छ होसियार

अमेरिकामा भएको एक अध्ययनका अनुसार चिल्लो पदार्थयुक्त खानाले मानिसको सर्तकता क्षमतालाई प्रभावित पार्ने देखाएको छ ।

यसले मानिसमा थकान पैदा गर्ने कुरा उक्त अध्ययनले खुलासा गरेको छ ।  यस नतिजाले चिल्लो पदार्थयुक्त भोजन तथा खानाले मानिसहरुलाई बढी मात्रामा निन्द्रा लाग्ने, मन्द बनाउने विभिन्न असरहरुबारे खुलस्त गरेको छ ।

कार्बाेहाइड्रेटयुक्त भोजनले मानिसमा सतर्कता बढाउने तथा प्रोटिनले मानिसको सतर्कताप्रति कुनै सम्बन्ध नरहेको कुरा पनि यस अध्ययनले देखाएको छ । साइन्स डेली पत्रिकामा छापिएको यस अध्ययनका अनुसार मुख्य शोधकर्ता अलेक्जेडर्स वगोनटाज्सका अनुसार चिल्लो पदार्थयुक्त खानाले स्वस्थ तथा साधारण मानिसको सतर्कता तथा चलाख क्षमतामा एकदमै खराब असर गर्ने गर्दछ ।

अहिलेको आधुनिक विश्वमा अनिद्रा तथा थकान समान्य भइसकेको छ । यसले ठूलो असर गर्न सक्ने र यस्ता समस्याहरु वृद्धि भइरहेको पनि शोधकर्ता बताउँछन् । उच्च चिल्लो पदार्थ पाइने भोजनले सतर्कता क्षमतामा एकदमै कम गर्ने र काम गर्ने क्षमता र योग्यतालाई पनि प्रभाव पार्ने गर्दछ ।

विशेष