मनोरञ्जन

मिसेस तिज–२०७४ को ग्राण्ड फिनाले शनिबार, विजेताले १ लाख पाउने

मिसेस तिज–२०७४ को ग्राण्ड फिनाले शनिबार, विजेताले १ लाख पाउने

काठमाडौं । टनेल ईभेन्ट्स प्रा.लीले गर्न लागेको मिसेस तिज आइकन–२०७४ को फाइनल शनिबार हुँदै छ । 


विशेषतः घरका चुला, चौका व्यवहार सम्हाल्ने मात्र नभई आफूमा भएका कला र क्षमताको विकास गर्ने अवसर दिनु नै यस पेजेन्टको मुख्य विशेषता हो । श्रावण १४ गते आइकनको अडिसन सम्पन्न भएको हो । अब आउँदो भाद्र तीन गते शनिबार भने ग्राण्ड फिनाले हुने छ ।

यसमा जित हासिल गर्ने प्रतिस्पर्धीले एक लाख नगदका साथै म्युजिक भिडियोमा लिड रोल  र विज्ञापन खेल्ने अवसर पनि पाउने छन् । त्यस्तै हलिडे प्याकका साथै मोडलिङको राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा भाग लिने अवसर पनि पाइनेछ ।

होटल र्याडिसनमा हुने फिनालेमा कार्यक्रमको कोरियोग्राफी अभिमन्यु शर्माले गर्ने भएका छन् भने कार्यक्रमलाई विभिन्न संघ संस्थाको प्रायोजन रहेको छ ।

विशेष