खेल

बलले लागेर पाकिस्तानमा क्रिकेटरको मृत्यु

बलले लागेर पाकिस्तानमा क्रिकेटरको मृत्यु

पाकिस्तानमा क्रिकेटरको टाउकोमा बलले लागेर मृत्यु भएको छ । पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदको बलले लागेर मृत्यु भएको हो ।

खैबर पख्तुन्ख्वा प्रान्तको मार्दनमा सोमबार भएको खेलको क्रममा अहमदलाई बलले टाउकोमा लागेको पाकिस्तानी पत्रिका टाइम्स अफ इस्लामाबादले जनाएको छ । बलले लागे लगतै अहमदलाई अस्पताल लगिए पनि बचाउन भने सकिएन ।

पाकिस्तान क्रिकेट बोर्डले आफ्नो ट्वीटर ह्याण्डलमार्फत अहमदको निधनबारे पुष्टी गरेको छ । बोर्डले एक ट्विट गर्दै परिवार तथा खेलाडी तथा समर्थकप्रति समवेदना प्रकट गरेको छ । यसैबीच बोर्डले अब हुने सबै खेलमा अनिवार्य रूपमा हेलमेट प्रयोग गर्न पनि खेलाडीलाई आह्वान गरेको छ ।https://twitter.com/TheRealPCB/status/897690020236099586  

 

विशेष