अपराध सुरक्षा मुख्य समाचार

समातिए ८५ लाख ६६ हजार ठगी गर्ने ठग

समातिए ८५ लाख ६६ हजार ठगी गर्ने ठग


काठमाडौ । केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंले एसइ कन्सल्टेनसी एण्ड रिसर्च सेन्टरका संचालक सतिशमान न्याछयोलाई काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको छ ।

उनले विभिन्न १५ व्यक्तिलाई मोरिसस, अफगानिस्तानमा ६०० डलर पारिश्रमिक हुने भन्दै ५७ लाख ११ हजार ठगी गरेका थिए । उनलाई ५० प्रतिशत हर्जाना सहित ८५ लाख ६६ हजार ५०० दिने गरी वैदेशिक रोजगार न्यायाधिकरणले फैसला गरेको थियो ।

उनी विगत ३ वर्षदेखि फरार रहेका थिए । आज उनलाई पक्राउ गरी सिआइबीले विगो सहित असुल गर्नका लागि आज नख्खु जेल पठाएको छ ।

विशेष