समाज

प्रहरी कै अगाडि श्रीमान श्रीमतीको झगडा, अदालतले मुद्दा दर्ता गर्न मानेन

प्रहरी कै अगाडि श्रीमान श्रीमतीको झगडा, अदालतले मुद्दा दर्ता गर्न मानेन


कास्की । गत मंगलबार जिल्ला प्रहरी कार्यालय सारङकोटमा सम्बन्ध बिच्छेदको अजुरी आयो । श्रीमान श्रीमतीको झगडा प्रहरी कार्यलय मै भएपछि प्रहरीले नियन्त्रण लियो र थप जानकारी लिने प्रयास भैरहेको प्रहरी स्रोतले जनायो ।

सारङकोटकी कल्पना परियारले जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका हुम्ले बस्ने आश बहादुर परियारसँग घर परिवरबाटै मागी लगनगाठो गाँसेकी थिइन । तीन वर्ष पछि उनीहरुको छोरी जन्मिन ।

कल्पनाले आफुमाथि महिला हिँसा भएको तथा श्रीमानले यातना दिएको भन्दै प्रहरमिा उजुरी समेत दिइन । उनले, विभिन्न संघसंस्थामा उजुरी र निवेदन पनि दिएकी थिइन् । गुहार मागेकी कल्पनालाई कसैले साथ नदिएको गुनासो पनि पोखिन । पिडित कल्पना अनुसार विवाहको केहि दिन पछि देखि नै श्रीमानले कुटपिट गर्न थालेका थिए । घरमा मदिरा सेवन गरेर आउने कुटपिट गर्ने, पैसा पनि नदिने र अरु केटीसँग पनि हिड्ने बताइन् ।

कल्पना अनुसार, 'श्रीमानको दिमागी हालत ठिक नभइ औषधी खादैछ । पछि पछि घरमा सासु ससुराले पनि यातना दिन थाले पछि सहन नसकेर माइत बस्न बाध्य भइन, उनी भन्छिन् । छोरी जन्मिदा पनि मेरो छोरी होइन कहाँबाट ल्याइस् छोरीको डिएनए टेस्ट गराउने श्रीमानले भन्छन् ।'

करिब ७ वर्ष अघि मागि विवाह गरेकी सारङकोटकी कल्पनाले यातना खेप्न नसक्दा न्यायको खोजीमा तथा समबन्ध बिच्छेद गर्न अदालतसम्म पुग्न बाध्य भइन् । तर उनको नागरिकता नभएकै कारण अदालतमा उनको केश दर्ता गरेनन् । उनी भन्छिन्, 'नागरिकता नभए कै कारण कतै जागिर पनि दिँदैनन् । अहिले उनी अरु केहि नभए पनि छोरीको जन्म दर्ता भइदिए हुन्छ भन्ने आशमा छिन् ।'

यता भने आश बहादुरकी दिदी भन्छिन्, 'घरमा केहि त्यस्तो झैझगडा हुँदैन् । घर किन जान नमानेकी थाहा नभएको बताइन् । दिदीले, भाई बेरोजगारी रहेको बताइन् । दिदी अनुसार केटी पक्षले रु १० लाख माग्दैछन् ।'

विशेष