मुख्य समाचार

सुस्तामा नेपालीको आक्रोश, डुबानले हैरान पारेको भन्दै गण्डक नरह फुटाउने प्रयास

सुस्तामा नेपालीको आक्रोश, डुबानले हैरान पारेको भन्दै गण्डक नरह फुटाउने प्रयास


नवलपरासी । गण्डक नहरको पानीका कारण बस्ती र खेती डुबानमा परेको भन्दै नवलपरासीको सुस्ताबासीले भारतीय मुख्य पश्चिम नहर फुटाउने प्रयास गरेका छन् ।

वर्षेनी बस्ती डुबानमा पर्दा समेत सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै निकासका लागि नहर फुटाउने प्रयास गरिएको स्थानीयले बताएका छन् । करिब एक सय ५० को संख्यामा रहेको स्थानीयको समुहले कुटो, कोदालो र गैची लिएर बाँध फुटाउन लाग्दा स्थानीय प्रशासनले रोकेको थियो ।

प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले नेपाली भूमिमै पर्ने भारतीय गण्डक नहर फुटाउने प्रयास गरेको भन्दै सुरक्षाकर्मी लगाएर रोकीएको बताए । समस्या बारे गृह मन्त्रालय र भारतीय पक्षलाई जानकारी गराएर समाधानका लागि पहल भइरहेको रानाले जनाए ।

नारायणी नदीमा आएको बाढीका कारण नहरमा पानीको बहाव बढेपछि सुस्ता १ को बरुवा, छिबनी, फेचुहा र रुपौलिया र वडा नम्बर २ अन्र्तगतको सत्तपति र महलबारी डुबानमा परेको छ । डुबानका कारण करिब १ हजार बिगाहा भन्दा बढी क्षेत्रफलमा लगाईएको धानबाली र उखु खेती नष्ट भएको सथानिय वासीले जनाएका छन् ।

विशेष