टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि चारदोबाटोमा आज ना ५ च ५९५९ नंको टिपरले बा ८४ प ९७७२ नंको स्कुटरलाई अपराह्न ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको टिपरले सोही दिशातर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चाँगुनारायण नगरपालिका– १ सरस्वतीखेल बस्ने ५० वर्षीय रञ्जन कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करलगत्तै घाइते कार्कीलाई बिएण्डबी अस्पतालमा पुर्याइएपछि मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । प्रहरीले टिपरका चालक भक्तपुर नगरपालिका– ५ बस्ने ४१ वर्षीय आकाश लोहलालाई नियन्त्रणमा लिएको छ । रासस
road accident